×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको नयाँ नक्साविरुद्ध कठोर बने बालेन, ५ दिने चीन भ्रमणको कार्यक्रम स्थगित गरेको घोषणा !

PRIME CA
GLOBAL IME BANK

चीनको नयाँ नक्साविरुद्ध कठोर बने बालेन, ५ दिने चीन भ्रमणको कार्यक्रम स्थगित गरेको घोषणा !

१४ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ५ दिने चीन भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । चीनले जारी गरेको नयाँ नक्साको विरोध गदै मेयर शाहले चीनकै निमन्त्रणामा हुन लागेको भ्रमण स्थगित गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहले पाँच दिने चीन भ्रमण स्थगित गरेको जानकारी दिएका हुन् । शाहले फेसबुकमार्फत चीनले नसोधी नेपाली भूमीलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको टिप्पणी गरेका छन् । मेयर शाहले चीनले चालेको गलत कमदविरुद्ध नैतिकताका आधारमा पनि चीनको भ्रमणमा नजाले निर्ण गरेको बताएका हुन् ।

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ ।’, मेयर शाहले लेखेका छन्, ‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: