काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यात्रुबाहक र मालवाहक सवारीको भाढा बढाएको हो ।
विभागले तोकेको नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले बढेको छ । त्यस्तै, पहाडी रुटमा चल्ने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारी सधानको भाडा ६.८३ प्रतिशतले बढेको छ ।
विभागले बढाएको नयाँ भाडादर बुधबारबाटै लागु भएको छ । पछिल्लो साउन महिनामा मात्रै निगमले डिजेलको मूल्य पटकपटक गरी प्रतिलिटरमा २१ रुपैयाँ वृद्धि गरेको छ । सोही अनुसार स्वचालित प्रणाली अनुसार सार्वजनिक यातायातको भाडा बढाउने निर्ण गरेको विभागले जनाएको छ ।
मंगलबारमात्रै नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटर १४ रुपैयाँले बढाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्