यता, गत आर्थिक बर्षमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु नेपाल आयात भएका छन् । स्याम्पु, तेल, क्रिम, रङलगायत कपालको स्याहारमा प्रयोग हुने वस्तुमा तीन अर्व भन्दा बढी रकम खर्च भएको विभागले जनाएको छ ।
यता, नेपालमा गत आर्थिक बर्षमा मात्र मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको पाइएको छ । भन्सार विभागका अनुसार आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख ८० खर्च भएको छ भने यस्तै अन्य शृंगारका सामग्री आयातमा तीन अर्ब १३ करोड भन्दा बढी रकम बाहिरिएको छ ।
यता, गत आर्थिक बर्षमा मात्र ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको पाइएको छ । भन्सार विभागका अनुसार ४६ करोड ७२ लाख १५ हजारको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ ।५. टिकटक र युट्युबको क्रेज बढेसँगै मोबाइलबाट फोटो खिच्न प्रयोग हुने सेल्फी स्टिकमा खर्च गर्ने नेपालीहरु बढेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक बर्षमा मात्र ६८ लाख ४४ हजार रुपैयाँ बराबरको सेल्फी स्टिक आयात भएको छ भने दुई करोड ५५ लाख २६ हजार रुपैयाँबराबरको ट्राइपड आयात भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्