×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा विदेश जाने नेपालीको संख्या घट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साउनमा विदेश जाने नेपालीको संख्या घट्यो !

Artha Sarokar

८ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा रोजगारीका लागि विदेश जानेको संख्या ह्वात्तै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या ७ हजार ४६४ जनालो घटेको हो ।

गत आर्थिक वर्षको साउनमा ६३ हजार ३९ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । तर, यसवर्ष साउनमा ५५ हजार ५७५ जना नेपालीहरुले नयाँ र पुनः श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०७९ ८० मा मात्रै वैदेशिक रोजगारीका लागि ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

यसो त साउनमा मात्रै वैदेशि रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तितगमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, जीटूजी सम्झौता अनुसार साउनमा २ हजार ३६० जना नेपाली विदेशिएका छन् । यसरी साउन महिनामा श्रम स्वीकृति लिने महिलाको संख्या मात्रै ७ हजार ७२५ जना रहेको छ । जसमध्ये १३५ जना महिलाहरु रोजगारीका लागि कोरिया गएका छन् ।

नेपालबाट श्रम स्वीकृति लिएर विदेश जानेमध्ये अधिकांश नेपालीहरु यूएई जाने गरेको पाइएको छ । साउन महिनामा मात्रै ११ हजार ८७८ जना नेपालीले यूएईमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै, रोजगारीका लागि विदेश जाने नेपालीहरुको रोजाईमा कतार, साउदी अरेबिया, मलेसिया, कुवेत, दक्षिण कोरिया रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी