×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालबाट देश निकाला हुनेहरुमा अधिकांश चिनियाँ !

PRIME CA

नेपालबाट देश निकाला हुनेहरुमा अधिकांश चिनियाँ !

अर्थ सरोकार

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो तीन महिनामा नेपालबाट ५५ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । नेपालमा गैरकानुनी गतिविधी गर्ने र भिसा सकिएपछि पनि ओभरस्टेमा परेका ५५ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरिएको हो ।

यसरी निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । निष्काशनमा परेका आधा नागरिक चिनियाँ रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

२०८० बैशाखदेखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन् । नेपालबाट निष्काशनमा पर्नेको दोस्रो स्थानमा अमेरिकी नागरिक रहेका छन् । यसरी निष्काशनमा पर्ने अमेरिकी नागरिकको संख्या ७ जना रहेको छ ।

त्यस्तै, यमनका ४ जना, बेलायतका ३ र दक्षिण कोरिया, पाकिस्तान, रुस, क्यामरुन, बंगलादेश र श्रीलंकाका २/२ जना व्यक्ति नेपालबाट निष्काशनमा परेको विभागले जनाएको छ । योसँगै नेपालबाट भुटान, घाना, इरान, इटाली, पोर्चुगल, फ्रान्स, सुडान, क्यानडा र जर्मनीका १/१ जना व्यक्ति निष्काशनमा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: