×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौंडामा २ अर्ब ३७ करोड विद्युत बक्यौता उठाउन बाँकी, बक्यौता नतिर्ने ९ सय २४ जना कालोसूचीमा पर्दै !

PRIME CA

हेटौंडामा २ अर्ब ३७ करोड विद्युत बक्यौता उठाउन बाँकी, बक्यौता नतिर्ने ९ सय २४ जना कालोसूचीमा पर्दै !

६ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० रुपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत बक्यौता नतिर्ने हेटौँडास्थित विभिन्न उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राख्ने तयारी गरिएको केन्द्रका लेखापाल विष्णुलाल गिरीले जानकारी दिएका हुन् ।

लेखापाल गिरीका अनुसार हालसम्म हेटौँडा वितरण केन्द्रबाट दुई अर्ब २४ करोड रुपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको छ । बक्यौता तिर्न बाँकी रहेकाहरुलाई पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि कालोसूचीमा राख्ने तयारि गरिएको हो । ‘बक्यौता नतिर्ने विभिन्न ९ सय ४२ जनाको लाईन काटेका छौं । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता नतिरेपछि कालोसूचीमा राख्ने तयारी गरिएको हो ।’, उनले भने, ‘हालसम्म पनि धेरैले बक्यौता तिरेका छैनन् । बक्यौता नतिर्नेहरुलाई कालोसूचीमा राख्छौँ ।’

यसरि कालोसूचीमा पर्नेहरुको लिष्टमा शिवम सिमेन्ट उधोग पनि रहेको छ । उद्योगलाई विद्युत आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो । तर, त्यसबेला तिर्न बाँकी बक्यौता नतिरेपछि शिवम सिमेन्ट बक्यौता नतिर्नेहरुको लिष्टमा परेको लेखापाल गिरीले बताएका छन् । गिरीका अनुसार हाल शिवम सिमेन्ट र प्राधिकरणबीचको मुद्दा अदालतमा विचाराधीन छ ।

त्यस्तै, ६ महिनादेखि विधुत लाइन काटिंदा पनि महसुल उठाउन प्राधिकरण नसकिएको हेटौँडा वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले बताएका छन । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिने उनको भनाइ छ । ‘हालसम्म कालोसूचीमा पर्नेमध्येका  पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ’, इञ्जिनियर चौहनले भने, ‘पाँच जनाबाट रू एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।’

प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको बताएका छन् । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ छ । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: