Skip to content
LAXMI SUNRISE BANK

विमानमा खराबी देखिएपछि भैरहवा उडेको बुद्ध एयरको जहाज काठमाडौंमै फर्काइयो

अर्थ सरोकार

काठमाडौं । काठमाडौंदेखि भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बिहीबार काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको बुद्ध एयरको एटीआर ८५७ जहाजमा समस्या देखिएको हो ।

जहाजमा समस्या देखिएपछि काठमाडौंबाट उडेको जहाज पुनः फर्काइएको हो । जहाजमा के समस्या देखिएको हो भन्नेबारे भने खुलेको छैन ।

हाल उक्त जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउने तयारी गरिएको छ । जहाजमा देखिएको समस्याबारे प्राविधिक टोलीले जाँच गर्दैछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK