काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको छ । चेम्बरको टोलीले नेपाल भ्रमणमा रहेका सांसदद्वय कोबायाशी काजुहिरो र नागइ मान्बुसँगको भेटमा नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेकाले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको हो ।
भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक तथा व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताएका छन् । ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ ।’, उनले भने, ‘लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।’
अध्यक्ष मल्लले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानका सांसदलाई आग्रह गरेका छन् । कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्नसक्ने उनको भनाई रहेको थियो ।
स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरोले नेपालमा ३० वर्ष अगाडि आएर लुम्बिनीमा वृक्षरोपण गरेको स्मरण गरेका थिए । नेपाल जापानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैँ उत्कृष्ट रहेको उनको भनाइ छ । अर्का सांसद मान्बुले दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तरसम्मै पुर्याउनुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्