×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको नाफामा उल्लेख्य सुधार, गत आवमा १५ करोड कमायो, लाभांशका लागि अझै केही वर्ष पर्खिनुपर्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरी हिल्सको नाफामा उल्लेख्य सुधार, गत आवमा १५ करोड कमायो, लाभांशका लागि अझै केही वर्ष पर्खिनुपर्ने !

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चन्द्रागिरी हिल्सले १५ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले असार मसान्तसम्ममा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको जनाएको हो । गत आर्थिक वर्ष २०७९ ८० मा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको कम्पनीको कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । कोभिड १९ को महामारीपछि पर्यटन व्यवसाय फस्टाउँदा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो ।

त्यस्तै, कम्पनीको वस्तु बिक्रीको लागत बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ भने कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी बढेपनि वित्तीय लागत बढ्न गएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको नाफामा उल्लेख्य सुधार भए पनि सञ्चित नोक्सानी धेरै भएकाले कम्पनीका सेयरधनीले भने लाभांश नपाउने भएका छन् । एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित घाटा २३ करोड ४४ लाख ७२ लाख रुपैयाँ छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको बैंक ऋण २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बाँकी छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २२ पैसाबाट बढेर ८४ रुपैयाँ ७२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: