Skip to content
LAXMI SUNRISE BANK

९ महिनायताकै न्यून विन्दुमा पुगेपछि चीनले सेयर बजारमा लगाउँदै आएको कर घटायो, बजार बढेपछि बढाएको थियो कर

अर्थ सरोकार

काठमाडौँ ।  ९ महिनायताकै न्यून विन्दुमा पुगेपछि चीनले सेयर बजारमा लगाउँदै आएको कर घटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसारचीनले सन् २००८ पछि पहिलो पटक सेयर कारोबारमा लिईदै आएको ०.०१ प्रतिशत करलाई आधा कटौती गरेको हो।
चीनले सन् २००७ को मे महिनामा त्यहाँको सेयर बजार उग्र बढेपछि बजारलाई सन्तुलित बनाउन भन्दै कर बढाएको थियो ।  नयाँ लगानीकर्ताले अरु काम छोडेर सेयर बजारमा अचाकली प्रवेश गर्न थालेपछि सो क्रमलाई केहि कम गर्न कर बढाएर ०.३ प्रतिशत बनाएको थियो । त्यसपछि बजार बढ्दै गर्दा चीनले बजार उकास्ने नीति लिंदै कर ०.१ प्रतिशतमा झारेको थियो ।  कर घट्नेबित्तिकै त्यहाँको सेयर बजार पुन बुलिस लयमा लागेको थियो ।
चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन (सीएसआरसी) ले शुक्रबार घट्दो बजारलाई पुनरुत्थान गर्न कारोबार लागत घटाउनेगरी गरेको निर्णयअनुसार त्यहाँ कर घटनाउने नीति लिएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK