×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणः बेइजिङ उड्न ठिक्क परेका दुई चिनियाँ नागरिक एरपोर्टबाट पक्राउ, थप ७ जना चिनियाँ कालोसूचीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुन तस्करी प्रकरणः बेइजिङ उड्न ठिक्क परेका दुई चिनियाँ नागरिक एरपोर्टबाट पक्राउ, थप ७ जना चिनियाँ कालोसूचीमा

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बेइजिङ उड्न ठिक्क परेका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । १ क्विन्टल सुन तस्करी प्र्रकरणमा संलग्न रहेको भनिएका लि जियालिन र ली फुयानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अध्यागमन विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाएको छ । उनीहरु शुक्रबार बिहानको हिमालयन एयरलाईन्सको एच ९६६५ नम्बरको फ्लाईटमार्फत बेइजिङ जाने तयारीमा रहेको विमानस्थल अध्यागमन विभागले जनाएको छ ।

शुक्रबार पक्राउ परेका दुवैजनालाई अध्यागमन विभागले यसअघि नै कालोसूचीमा राखेको थियो । सोहीका आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो ।

यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या तीन पुगेको छ । तस्करीको आशंकामा अध्यागमन विभाले थप ७ जना चिनियाँ नागरिकलाई कालोसूचीमा राखेको छ । हाल उनीहरुको खोजीकार्य भईरहेको सीआईबीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: