×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ‘अपराधी’हरुले नेपालबाट अवैध रुपमा नागरिकता लिने गरेको खुलासा !

PRIME CA

चिनियाँ ‘अपराधी’हरुले नेपालबाट अवैध रुपमा नागरिकता लिने गरेको खुलासा !

अर्थ सरोकार

१६ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । १ क्विन्टल सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरुले नेपालबाट अवैध रुपमा नागरिकता लिने गरेको खुलासा भएको छ । अनुसन्धानका क्रममा चिनियाँ ‘अपराधी’हरुले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको खुलासा भएको हो ।

यसअघि पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङले अवैध रुपमा नेपालबाट नेपाली नागरिकता लिएको पाइएको थियो । तर, राजस्व विभागले गरेको अनुसन्धानका क्रममा उनी मात्र होइन, सुन तस्करी प्रकरण एवम् विभिन्न आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिकहरुले पनि काभ्रेबाट नेपाली नागरिकता बनाएको पाइएको छ ।

यसो त उनीहरुले नागरिकता मात्र होइन, राहदानीसमेत काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयबाट बनाएको पाइएको स्रोतले बताएको छ । चिनियाँ गिरोहलाई नेपाल भित्र्याउने नाइकेसमेत रहेका दावाले नै उनीहरुको पनि वंशजका आधारमा नेपाली नागरिकता र राहदानी बनाइदिएको खुलेको हो ।

स्रोतका अनुसार उनले थप तीनजनाको पनि काभ्रेबाटै नेपाली नागरिकता र राहदानी बनाइदिएको पाइएको छ । तर, ती नागरिकता र राहदानीको विवरण भने फेला परेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: