×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँको ‘अपराधी’ टोली, जो काठमाडौंमा बसेर नेपालीलाई म्यानमारमा बेच्छन्, नांगो हुने काममा लगाउँछन्…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिनियाँको ‘अपराधी’ टोली, जो काठमाडौंमा बसेर नेपालीलाई म्यानमारमा बेच्छन्, नांगो हुने काममा लगाउँछन्…

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपलामा सक्रिय चिनियाँ अपराधी टोलीले नेपालीलाई अमानवीय कामका लागि विदेशमा बेच्ने गरेको पाइएको छ । ठमेलस्थित चिनियाँ नागरिकले चलाएको वाईवाईपी नामक कम्पनीले नेपालीलाई राम्रो जागिरको प्रलोभन देखाएर विदेशमा बेच्ने गरेको पाइएको हो ।

यसो त नेपालीलाई वैदेशिक रोजगारीका नाममा लुट्ने र ठग्ने प्रवित्ति नौलो होइन । तर, पछिल्लो समय चिनियाँ गिरोहहरुले नेपाली चेलीहरुलाई थाइल्याण्डमा ‘कम्प्युटर टाईप’को काममा लगाउने भन्दै म्यानमार पुर्याएर अश्लिल र आपराधिक काम गर्न बाध्य बनाउने गरेको पाइएको छ ।

यतिसम्म कि उनीहरुले भनेअनुसारको काम नगरे शारिरिक तथा मानसिक यातना दिने गरेको समेत पाइएको छ । यसरी काठमाडौंमा बसेर नेपाली चेलीहरुलाई म्यानमारमा पठाउने चिनियाँ अपराधी टोलीले उनीहरुलाई ‘अनलाइन स्क्याम’को धन्दामा लगाउने र भिडियो कलमै निर्वस्त्र हुन बाध्य बनाउने गरेको समेत पाइएको छ ।

यसरी पटकपटक यातना दिने क्रम नरोकिएपछि पीडितले दिएको जाहेरीका आधारमा मानव बेचबिखन नियन्त्रण ब्यूरोले काठमाडौंको बिजेश्वरीमा डेरा गरी बस्ने ४२ वर्षीय चिनियाँ नागरिक जोनसोन भन्ने लियाङ जुनलाई पक्राउ गरिसकेको छ । ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठका अनुसार हालसम्म सोही प्रकृतिका २२ जना पीडितले ब्यूरोमा उजुरी दिएका छन् । हाल चिनियाँ गिरोहले थाइल्याण्ड भन्दै म्यानमारमा लगेर करिब २०० जनालाई बन्धक बनाएको अनुमान गरिएको छ ।

त्यस्तै, नेपालीलाई म्यानमार पुर्याएर ‘अनलाइन स्क्यामिङ’को काममा लगाउने सुनिता नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल पक्राउ परेका चिनियाँ नागरिक जोनसोनसहितको चिनियाँ अपराधीहरुको टोलीमाथि अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: