काठमाडौं । सहकारीको नगद र ल्यापटम चोर्ने तीन जना पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका २ कुशमाहस्थित युवा विकास बहुउद्धेश्यीय सहकारी संस्थाबाट नगद र ल्यापटप चोर्ने तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका– १ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, वडा न–७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय विशालकुमार सिंह रहेका छन् ।
उनीहरुमाथि सहकारीबाट ५० हजार रुपैयाँ र दुई थान ल्यापटप चोरी गरेको आरोप लागेको प्रहरीले जनाएको छ । सहकारीमा साउन ३२ गते भएको चोरीको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता पुष्टी भएको थियो । हाल उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्