×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भनेर पक्राउ परेका सक्कली डा. यादव थुनामुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नक्कली भनेर पक्राउ परेका सक्कली डा. यादव थुनामुक्त

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डा.रञ्जिनकुमार यादवलाई थुनामुक्त गरेको छ । नक्कली भनेर पक्राउ परेका डा.यादव सक्कली रहेको पुष्टी भएपछि सिआईबीले डा.यादवलाई थुनामुक्त गरेको हो ।

२६ साउनमा सीआईबीले ‘अपरेशन फक्सट्रट’का नाममा महोत्तरीको पिपरा गाउँपालिका–८ का रञ्जिनकुमार यादवलाई पक्राउ गरेको थियो । तर, डा.यादवको शैक्षिक प्रमाणपत्रमा कुनै पनि कैफियत नदेखिएपछि सोमबार उनी थुनामुक्त भएका हुन् ।

सीआईबीले डा.यादवलाई नाम जुधेकै आधारमा पक्राउ गरेको थियो । यादवको बुवाको नामबाहेक अन्य सबै विवरण मेल खाएपछि पक्राउ गरिएको सीआईबीले प्रतिक्रिया दिएको छ । हाल उक्त विषयमा विज्ञप्ती जारी गरेर जानकारी दिने तयारी गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।

हाल उक्त प्रकरणमा ६ जना सीआईबीको हिरासतमा रहेका छन् । यसअघि पक्राउ परेका सांसद सुनिल शर्मालाई अदालतले थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी यसअघि नै थुनामुक्त भइसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: