काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइने भएको छ ।
तस्करीको सुन हङकङ हुँदै नेपाल आएकोले सूचना संकलनका लागि एसएसपी आचार्यलाई हङकङ पठाउने तयारी गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) बैइजिङमातहतको हङकङ सब–ब्यूरोसँगको समन्वयमार्फत आचार्यलाई हङकङ पठाउन लागिएको हो । यसअघि सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन सीआईबीले एसबीबी बेइजिङमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरेको थियो ।
३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाट सुनसहितको १ सय ५५ किलो मोटरसाइकलको ‘ब्रेक शु’ बरामद गरेको थियो । ब्रेक शुबाट सुन छुट्याएर जोख्दा तस्करीको सुनको तौल ६० किलो पाइएको थियो । हाल उक्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्