काठमाडौं । नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ । सुन तस्करीबारे थप अनुसन्धान गर्न सिआइबीमा कार्यरत एसएसपी आचार्यलाई हङकङ पठाएको हो ।
आचार्यले हङकङमा रहँदा अनुसन्धानका लागि हङकङ प्रहरीको पनिसहयोग लिनेछन् । सिआइबीले यसअघि नै सुन तस्करी अनुसन्धानमा सहयोगका लागि इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरेको थियो ।
यसैबीच, सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध इन्टरपोलबाट पर्पल नोटिस जारी हुने भएको छ । चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र लीसमेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङविरुद्ध पर्पल नोटिस जारी गर्न सिफारिस गरेको हो ।
सीआईबीले पठाएको पत्रका आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले फ्रान्सको लियोनस्थित हेडक्वार्टरलाई पर्पल नोटिस जारी गर्न सिफारिस गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्