×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो चाहिन्छ: सीआईबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो चाहिन्छ: सीआईबी

Artha Sarokar

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छुट्टै आर्थिक अपराध अनुसन्धान ब्यूरो स्थापना गर्न सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको कार्यक्रममा सीआईबीले पछिल्लो समय वित्तीय अपराध दिनप्रतिदिन बढिरहेकोले अनुसन्धानका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।

बैंकिङ कसुर अनुसन्धान सम्बन्धी प्रस्तुतीका क्रममा सीआईबीका अधिकारीहरुले हाल रहेको जनशक्ति र निकायले आर्थिक अपराधसँग सम्बन्धित उजुरीहरुको अनुसन्धान गर्न मुस्किल भइरहेको बताएका थिए ।

‘पछिल्लो समय बैंकिङ कसुरसँग सम्बन्धित उजुरीहरु पर्ने क्रम बढ्दो छ । सीआईबीको पिलर २ मा बैंकिङ कसुरसँग सम्बन्धित ३४७ उजुरीहरु अनुसन्धानको क्रममा छन् । हाल रहेको जनशक्तिलाई बैंकिङ कसुरसँग सम्बन्धीका उजुरीहरुको अनुसन्धान गर्न भ्याईनभ्याई छ ।’, सीआईबीका एक उच्च अधिकारीले भने, ‘त्यसैले पनि आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै निकायको आवश्यकता महशुस गरेका छौँ । जुन जरुरी पनि छ ।’

सीआईबीका अनुसार ब्यूरोले हालसम्म बैकिङ कसूर सम्बन्धी २३९ र एटीएम ठगीमा १४, क्रिप्टोकरेन्सी सम्बन्धी कसुरको १४ मुद्दा, सहकारी ठगी सम्बन्धी ४३ मुद्दामा अनुसन्धान गरिसकेको छ । तर, मालपोल, यातायात, बैंक तथा वित्तीय संस्था, धितोपत्र, राजस्व लगायतका विषयमा केन्द्रीय एकीकृत अभिलेख प्रणाली नहुँदा आर्थिक अपराध अनुसन्धान गर्न कठिन भएको सीआईबीको ठहर रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी