×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्ती बस्ने ४५ वर्षीय पुरण अस्लामी पक्राउ परेका हुन् ।
उनले धनन्जय चौधरीलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गरी सम्पर्क विहिन भएका थिए । उनले पोल्याण्ड पठाईदिने र पोल्याण्ड पुगेपछि होटलमा काम लगाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर पिडितबाट पटक पटक गरी १ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई साउन १६ गते गोकर्णेश्वर, नयाँबस्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका अस्लामीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी