काठमाडौं । कुक आइसल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.६ स्थाई घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगर बस्ने वर्ष ३७ वर्षीय प्रकाश बोहरा पक्राउ परेका हुन् ।
उनले संजिव चौलागाईं सहित २ जनालाई वैदेशिक रोजगारीको लागि कुक आइसल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने र कुक आइसल्याण्ड पुगेपछि सेक्युरिटी गार्ड र स्टोरकिपरमा काम लगाइदिन्छु, मासिक एक लाख भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका थिए ।
बोहोराले पीडितहरुबाट पटकपटक गरी ४ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई भदै ४ गते काठमाडौं महानगरपालिका वडा नं. ३१ मिनभवनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बोहोरालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।