×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ, एक लाख ५० हजार ठगी

LAXMI SUNRISE BANK
GLOBAL

सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ, एक लाख ५० हजार ठगी

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. १२ स्थाई घर भई हाल भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी र इलाम जिल्ला सुर्योदय नगरपालिका वडा नं १४ घर भई हाल काठमाडौं जिल्ला कगेश्वरी मनहरा नगरपालिका वडा नं.९ बस्ने ३० वर्षीय छविलाल अधिकारी पक्राउ परेका हुन् ।

उनीहरुले बिनोद श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाईदिने र सर्बिया पुगेपछि कृषि फर्ममा काम लगाईदिने, मासिक ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । उनीहरुले पिडितबाट पटक पटक गरी एक लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।

वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उनीहरुको खोजि गरी उपस्थित गराउन पत्राचार गरेको थियो । कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई भदौ ६ गते समाखुशीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई ठप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी