×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीको लागि ईटाली पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीको लागि ईटाली पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि ईटाली पठाईदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका वडा नं. ५ बस्ने बिष्णु ऋषि पाण्डे पक्राउ परेका हुन् ।

उनले तिर्थ बहादुर थापालाई वैदेशिक रोजगारीका लागि ईटाली पठाईदिने र ईटाली पुगेपछि पेट्रोल पम्पमा काम लगाईदिने, मासिक एक लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।

उनले पिडितबाट पटक पटक गरी ४ लाख २५ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ ५ गते किर्तिपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी