×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१० सतुङ्गल बस्ने ४२ वर्षीय राजेन्द्र भण्डारी र ४२ वर्षीय निर्मला कार्की (भण्डारी) पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई साउन १२ गते सतुङ्गलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वडा प्रहरी कार्यालय रामबजार, कास्की पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी