काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाईदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । सर्लाही जिल्ला बागमती गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ मित्रनगर बस्ने २९ वर्षीय सरस्वती अधिकारी पक्राउ परेकी हुन् ।
उनले लोक राज भण्डारीलाई वैदेशिक रोजगारीका लागि कतार पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारेर पीडितबाट रकम लिई सम्पर्क विहीन भएकी थिइन् । वैदेशिक रोजगार विभागले उनको खोजि गर्न पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ १२ गते गंगबुबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी भण्डारीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्