×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा मात्रै नेपालमा ४ अर्ब बढिको धान–चामल आयात

PRIME CA

साउनमा मात्रै नेपालमा ४ अर्ब बढिको धान–चामल आयात

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालमा ४ अर्ब बढीको चामल आयात भएको छ । साउनमा मात्रै नेपालमा चार अर्ब २६ करोड रुपैयाँ बराबरको नौ करोड ५४ लाख किलो धान–चामल आयात भएको हो । जबकी गत आर्थिक वर्षको साउनमा नेपालमा एक अर्ब ६७ करोड मूल्य बराबरको तीन करोड १५ लाख किलो धान–चामल आयात भएको थियो ।

यसरी भारतबाट सबैभन्दा धेरै बासमती चामल र नफलेको चामलको आयात बढेको हो । भारतले साउनदेखि नै चामल निर्यातमा रोक लगाएपछि पहिले आयात हुने प्रकारको चामल आयात नभए पनि धान र बासमती चामलको आयात बढेको हो ।

हाल नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धान र चामले सहज आयातका लागि भारतलाई कुटनीतिक पत्र लेखिसकेको छ । चामलको आयात ठप्प रहिरहे दशैंतिहारमा समस्या पर्ने सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, साउनमा एक अर्ब ५८ करोड ७६ लाख रुपैयाँको तीन करोड ९७ लाख किलो गहुँ नेपाल आयात भएको छ । जबकी गत आर्थिक वर्षको साउन महिनामा नेपालमा एक किलो पनि गहुँ आयात भएको थिएन । गहुँसँगै साउनमा कोदो र फापरको आयात पनि बढेको छ भने मकैको आयात भने केही घटेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: