Skip to content
LAXMI SUNRISE BANK

व्यवसायी दुर्गा प्रसाईंको दाबी- ‘कांग्रेस सभापति शेर बहादुर देउवा र अर्थमन्त्री महत मिलेर सांसद शर्मालाई फसाए’

अर्थ सरोकार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।

बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।

‘सुनिल शर्मालाई फसाउने काममा शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ ।’, उनले भने, ‘सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन् । मिन बहादुर र दुर्गा प्रसाईं जस्ता मानीसहरु धेरै छन् ।’

त्यस्तै, उनले मारवाडीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांगे्रसको रहेको आरोपसमेत लगाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सांसद शर्मामालाई शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK