×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गणतन्त्रको फल धरानमा पाक्यो’: दुर्गा प्रसाईं

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘गणतन्त्रको फल धरानमा पाक्यो’: दुर्गा प्रसाईं

Artha Sarokar

१२ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अभियानका नेतृत्वकर्ता व्यवसायी दुर्गा प्रसाईंले विदेशीहरुको योजनामा आएको गणतन्त्रको फलस्वरुप ‘धरान काण्ड’ भएको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले पहिचानको नाममा सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई करणी गर्ने र काट्ने तथा जातीयताको आधारमा देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्ने प्रयास भएको बताएका हुन् ।

‘नेपालभरी काण्ड नै काण्ड भएको छ । यो सबै गणतन्त्रले ल्याएको फल हो । यही गणतन्त्रको फल धरानमा पाक्यो, जुन सुरुवात मात्रै हो ।’, प्रसाईंले भने, ‘विदेशीहरुको योजनामा ल्याइएको यो गणतन्त्र मौलाउँदै गएर फलेको फल स्वरुप पहिले पहिचानको नाममा हाम्रो सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरु गर्न लगाएर देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्दैछन् ।’

त्यस्तै, प्रसाईंले देशका संघीय, प्रदेश, नगरपालिका र वडा सदस्यसमेतलाई गाडी चढ्न र पोस्नको लागि करमाथि कर बढाएको पनि बताएका छन् । उनले अहिलेको अवस्थामा कसैको बहकावमा नलागी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकहरुको जीवन रक्षा र गास, बास र कपासको सुनिश्चतताका लागि एक भएर उभिन आवश्यक भएको बताएका छन् ।

हाल बैंक, लघुवित्त र सहकारीविरुद्धको आन्दोलनलाई नेतृत्व गरिरहेका प्रसाईंले अब दिगो आर्थिक विकास, रोजगारी, समुन्नति र शान्ति स्थापनाको लागि निर्णायक आन्दोलनको घोषणा गर्ने तयारी गरेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी