×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक मिडियालाई समाचार सेवाको शुल्कमा विशेष छुट दिन राष्ट्रिय समाचार समितिलाई इमानको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आर्थिक मिडियालाई समाचार सेवाको शुल्कमा विशेष छुट दिन राष्ट्रिय समाचार समितिलाई इमानको आग्रह

Artha Sarokar

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वतन्त्र आर्थिक मिडिया संचालकहरुको छाता संगठन, आर्थिक मिडिया संचालक संघ नेपाल (इमान)ले राष्ट्रिय समाचार समितिलाई आर्थिक मिडियालाई समाचार सेवाको शुल्कमा विशेष छुट दिन आग्रह गरेको छ । सोमबार संघका अध्यक्ष रोयल आचार्यसहितको टोलीले रासस पुगेर यस्तो आग्रहसहितको ज्ञापनपत्र राससका अध्यक्ष धर्मेन्द्र झालाई बुझाएको हो ।
‘मिडिया प्रतिपक्षी मात्र होइन, उत्प्रेरक पनि हो’ भन्ने मूल नाराका साथ अगाडी बढेको इमानले रासससमक्ष राखेको आग्रह बोर्डमा प्रस्तुत गरिने र सोहि अनुसार निर्णय हुने जानकारी राससका अध्यक्षले गराएका छन् । इमानको मागमा आफु सकारात्मक रहेको बताउँदै झाले यो विषयलाई बोर्ड बैठकमा लगेर टुंगोमा पुर्याईने बताएका हुन् ।
हाल इमानमा २२ बढी आर्थिक मिडियाहरु आवद्ध छन् । इमानले स्थापना कालदेखि आर्थिक मिडियाहरुको हक, हित सम्रक्षण र सम्बर्द्धनका लागि काम गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी