काठमाडौँ । स्वतन्त्र आर्थिक मिडिया सञ्चालकहरुको छाता संगठन, आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)का अध्यक्ष रोयल आचार्यले मिडिया प्रतिपक्षी मात्र नभई उत्प्रेरक पनि बन्नुपर्ने बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै इमान अध्यक्ष आचार्यले प्रतिपक्षी हुनु मिडियाको धर्म भए पनि मिडिया उत्प्रेरकसमेत बन्नुपर्ने बताएका हुन् ।
इमानको सदस्य संस्था अर्थ सरोकारले सातौँ वर्ष पूरा गरी आठौँ बर्ष प्रवेश गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष आचार्यले सञ्चारमाध्यम समाजको तेश्रो आँखा भएकाले समाजलाई सहि दिशामा डोहोर्याउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेकोसमेत बताएका छन् । आर्थिक पत्रकारिता क्षेत्रमा अर्थ सरोकारले खेलेको भूमिका नेतृत्वदायी रहेको बताउँदै उनले अर्थ सरोकारको थप प्रगतिको समेत कामना गरेका छन् ।
हेरौँ, इमान अध्यक्ष आचार्य सहित अन्य दिग्गज व्यक्तिहरुले अर्थ सरोकारको बार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमा :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्