×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ३६.८५ प्रतिशतले बढ्यो खुद नाफा (विवरणसहित)

PRIME CA

एभरेष्ट बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ३६.८५ प्रतिशतले बढ्यो खुद नाफा (विवरणसहित)

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.८५ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशतले बढेर ७ अर्व ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि बढेसँगै बैंकको खुद नाफामा वृद्धि भएको हो । एभरेष्टको रिजर्भ कोष पनि ११.०३ प्रतिशतले बढेर १० अर्ब नाघेको छ ।

समिक्षा अवधिमा बैंकको इक्विटीमा प्रतिफल (आरओई) १३.३१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको आरओई ११.७६ प्रतिशत रहेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँले बढेर ३१.७२ रुपैयाँ पुगेको छ भने खराब कर्जामा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७९ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँरहेको  छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: