×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

Artha Sarokar

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । बुधबारको तुलनामा आज पाउण्डको मूल्य बढेको छ । हिजो पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसामा कारोबार भएको थियो ।

यस्तै, अमेरिकी डलरको भाउ स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५०पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी