काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन’, उनले भने, ‘दिगो विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ ।’ महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वास व्यक्त गर्दै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपालको जनसङ्ख्यालाई आङ्कलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उनको भनाइ थियो । जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेको बताउँदै उनले भने, ‘समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ ।’
नेविसङ्घ एउटा स्कुल भएकाले यहाँ सिक्नुपर्ने थुप्रै सामाग्री ‘कन्टेन्ट’ रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न सबैलाई आग्रह गरे । नेविसङ्घ कनकाई इकाइ समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेविसङ्घ झापा सभापति सञ्जय निरौलाले स्वागत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्