Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले शाखा प्रबन्धक पदका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त वित्तिय संस्थामा २ वर्ष कार्य गरेको तथा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तिय संस्थामा कम्तिमा ३ वर्ष शाखा प्रबन्धक भई कार्य गरेकालाई प्राथमिकता दिइने सुचनामा उल्लेख गरेको छ ।

त्यस्तै, प्रशिक्षार्थी सहायक पदका लागि एसएलसी/एसईई पास गरेको । कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई काम गर्न इच्छुक, सवारी साधन र चालक अनुमति पत्र प्राप्त भएकालाई प्राथमिकता दिइने लघुवित्तले जनाएको छ ।

इच्छुक एवम् योग्यता पुगेका आवेदकहरुले भदै १ गते सम्म आवेदन दिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK