काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारले अनलाईन व्यापार गर्नेलाई जेल हाल्ने कानून बनाएर व्यवसायीलाई निरुत्साहित गरेको आरोप लगाएका छन् ।
नेपाल तयारी पोशाक उद्योग संघको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सांसद पराजुलीले सहज रुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्ने ठाउँमा उल्टै ‘कन्ट्रोल मेकानिजम’ बनाएर राज्यले व्यवसायीलाई तीन वर्ष जेल हाल्ने नियम बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
‘अनलाईनको प्रयोग गरेर जसले व्यवसाय गरिरहेका छन, उनीहरुलाई सहजरुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्ने हो । संसारभरिको पेमेन्ट डेलीभरी खुल्नुपर्ने हो र संसारभरी सामान डेलीभरी गर्न सहज वातावरण सृजना गर्नुपर्ने हो ।’, उनले भने, ‘प्रकृयामा गल्ती भए र कन्ट्रोल मेकानिजमले गर्दा राज्यले तीन वर्षसम्म जेल हाल्ने प्रयास गरेको छ । सफलता प्राप्त गरिरहेको थोरै व्यापारीलाई बढाउनुपर्ने ठाउँमा जेल हाल्ने कानून बनाएर सरकारले व्यवसायीलाई निरुत्साहित गर्ने काम गरेको छ ।’
त्यस्तै, उनले देशमा आयातमुखी अर्थतन्त्र रहेसम्म देशको उन्नती नहुने समेत बताएका छन् । ‘अहिले आयात दुई खर्ब कटाउन सकेको छैन् । निर्यात निरन्तर तल झर्दैछ । यसमा राज्यको र निजी क्षेत्रको चाहिनेजति प्रयास नभएको हुन सक्छ ।’, उनले भने, ‘जबसम्म आयातमुखी अर्थतन्त्र रहन्छ कुनै पनि देशले प्रगती गर्न सक्दैन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्