Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, १५ दिन भित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८ सय ९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आज बिहीबार (भदौ १४ गते) बाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

सेयरको दर भाउ बुझ्न बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK