काठमाडौं । सत्ता गठबन्धनले सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुबीचको छलफलले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनाउने निष्कर्ष निकालेको छलफलमा सहभागी एक नेताले पुष्टी गरेका छन् । ती नेताका अनुसार उक्त प्रकरणको जिम्मा हाल छानविन गरिरहेको सीआईबीलाई दिने सहमति भएको हो ।
‘सुन तस्करी प्रकरणमा छानविनका लागि उच्च स्तरीय समिति बनाउँदा सीआईबीले गरिरहेको अनुसन्धानमा अवरोध पुग्छ भन्ने निष्कर्ष निस्किएको छ ।’, ती नेताले भने, ‘चलिरहेको अनुसन्धानमा बाधा नपुगोस् भन्ने निष्कर्षसहित अनुसन्धानको जिम्मा सीआईबीलाई नै छोड्ने सहमति भएको छ ।’
हाल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी पदल नेकपा एमालेले संसदमा अवरोध जनाउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्