×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्बमाथि, ईपीएस भने ५६ पैसाले घट्यो, वितरणयोग्य मुनाफा कति ? (विवरणसहित)

PRIME CA

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्बमाथि, ईपीएस भने ५६ पैसाले घट्यो, वितरणयोग्य मुनाफा कति ? (विवरणसहित)

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब बढी नाफा कमाएको छ । बैंकले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.२६ प्रतिशत बढी अर्थात ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.४८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको नाफा बढे पनि प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा सिमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशतले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: