काठमाडौं । पछिल्लो २ हप्तामा नेपालबाट पौने सात लाख किलो गोलभेडा भारत निर्यात भएको छ । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै गोलभेंडा वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सारबाट ६ लाख ७० हजार किलो गालभेंडा भारत निर्यात भएको हो ।
भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा ठूलो मात्रामा गोलभेंडा निर्यात भएकोले पछिल्लो दुई सातामा ठूलो मात्रामा नेपालको गोलभेंडा भारत निर्यात भएको व्यवसायीहरुले बताएका छन् । यसरी निर्यात भएको गोलभेंडाको मूल्य ८० लाख ३६ हजार १ सय ६० रुपैयाँ हुन आउँछ ।
यसअवधिमा सबैभन्दा धेरै गोलभेंडा वीरगञ्ज भन्सार कार्यालयबाट ६ लाख ३७ हजार ६ सय ८० किलो अर्थात ७३ लाख ६९ हजार ४ सय ३५ रुपैयाँ मूल्य बराबरको गोलभेंडा भारत निर्यात भएको छ । त्यसपछि क्रमशः काँकडभिट्टा र भैरहवा भन्सारबाट २५ हजार किलो र ७ हजार किलो टमाटर भारत निर्यात भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्