Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज दुई सय रुपैयाँले बढेर एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ७ सय ३५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार २ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार दुई सय १३ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK