Skip to content
LAXMI SUNRISE BANK

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९६ हजार १ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK