काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
बुधबार १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९५ हजार ४ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।