Skip to content
LAXMI SUNRISE BANK

बिहीबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ७ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK