Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ७ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK