×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरको मुद्धाको पेशी धेरै पर धकेलियो, अर्को बहस पुषमा मात्र !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गभर्नरको मुद्धाको पेशी धेरै पर धकेलियो, अर्को बहस पुषमा मात्र !

Artha Sarokar

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सर्वोच्चमा विचाराधीन मुद्धाको अर्को पेशी पुष महिनाका लागि तोकिएको छ । यसअघि गत साउन २५ गते पेशी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेपछि हाल भने उक्त मुद्धाको अर्को पेशी पुष १६ गतेका लागि तोकिएको हो ।

२०७९ साल बैशाखमा जनार्दन शर्मा अर्थमन्त्री हुँदा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । तर, उक्त निलम्बन गैरकानुनी भएको भन्दै गभर्नर अधिकारीले २०७९ बैशाख ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर अधिकारीले दायर गरेको रिटउपर सर्वोच्चले गभर्नरकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

गभर्नर अधिकारीको सोही मुद्धामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । त्यसबेला फुयालको सोही इजलाशले गनर्भर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

त्यसप्रश्चात बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले पनि बैशाख ६ गते सर्वोच्चले गरेको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चमा विचारधीन रहेको उक्त मुद्धाको पूर्ण फैसला नहुँदासम्म गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको छ । साथै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी