काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बिहीबार बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले जारी पुँजी १ अर्व १७ करोडमध्ये १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रकम बराबरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँको दरले २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको हो । त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म बिक्री खुला गरेको थियो ।
उक्त आईपीओमा मागभन्दा झन्डै ४.८४ गुणा बढी आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ । आईपीओमा २७ हजार २ सय ३६ जना आवेदनबाट १४ लाख १७ हजार ४४० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक रुजु र छानबिनपश्चात दोहोरो आवेदन दिने र श्रम अनुमतिको म्याद सकिएका कारणले ५ वटा आवेदन (३ जना आवदेकको) मार्फत प्राप्त २६० कित्ता सेयर रद्द गरी २७ हजार २३१ जना आवेदकबाट प्राप्त भएको १४ लाख १७ हजार १८० कित्ता सेयर बाँडफाँट लागि योग्य देखिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार २० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा विधिमार्फत २० कित्ताका दरले बाँडफाँड गरिएको छ ।
त्यसैगरी सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरिएको २९ लाख २५ हजार कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात १ लाख ४६ हजार २५० कित्ता सेयर १३ वटा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४३ वटा सामूहिक लगानी कोषका योजनाहरुलाई समानुपातिक रुपमा बाँडफाँड भइसकेको क्यापिटलले जनाएको छ ।
आईपीओ बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट www.globalimecapital.com.np तथा निष्कासनकर्ता कम्पनीको वेबसाइट www.hathwaynepal.com.np र सीडीएस एन्ड क्लियरिङको वेबसाइट www.iporesult.cdsc.com.np मा उपलब्ध गराइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्