काठमाण्डौ । हिमालयन क्यापिटलको नयाँ म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’मा लगानीकर्ताको आकर्षण बढेको छ । ३२ साउनदेखि पूँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्धेश्यले नष्काशन भएको उक्त योजनामा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढेको देखिएको हो ।
बिहीबार बिहानसम्म हिमालयन क्यापिटलको उक्त योजनामा ४४ हजार ३८७ आवेदकबाट ८ करोड ४ लाख २ हजार १ सय ३० इकाईका लागि आवेदन परेको छ । क्यापिटलका अनुसार पछिल्लो २-३ दिनदेखि उक्त योजनामा लगानीकर्ताको आकर्षण बढेको हो । यही तथ्यांकअनुसार आवेदन परे तोकिएको समयावधिभित्रै मागबमोजिमको आवेदन पर्ने देखिएको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिनेछ । सो फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
‘हिमालयन ८०-२०’ नामक उक्त योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पूँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरी लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।
१० वर्ष अवधि रहेको बन्दमुखी योजना ‘हिमालयन ८०-२० मा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्