Skip to content
LAXMI SUNRISE BANK

साउनमा निर्जिवन बीमा कम्पनीमध्ये कसले कति कमाए ? (सूचीसहित)

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले झण्डै ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुको दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनमा ४२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४३ करोड ३७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ र युनाइटेड अजोडले २६ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सोही अवधिमा प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ, एनएलजीले २४ करोड ८ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसीले १७ करोड ८८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK