×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भगवती हाइड्रोपावरले भदौ ५ गतेदेखि आइपीओ जारी गर्ने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

भगवती हाइड्रोपावरले भदौ ५ गतेदेखि आइपीओ जारी गर्ने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८ सय १० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार ९ सय ५ कित्ता सेयर म्युचुअल फण्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १ सय ६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला गरिने कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: