काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले १८ गतेदेखि २२ गते साउनसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणलाई १९ लाख ५३ हजार २७९ कित्ता सेयरका लागि आवेदन माग गरेको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० किन्न साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८४० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको थियो ।
यस्तै सर्वसाधारणका लागि १९ लाख ९८ हजार ८२४ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । सर्वसाधारणलाई निष्कासन गर्न स्वीकृति पाएकोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यसरी छुट्याएर बाँकी १६ लाख ५० हजार २३५ कित्तामा आयोजना प्रभावित स्थानीयले आवेदन नदिएको सहित थप गरेर कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
कम्पनीले सर्वसारणबाट आवेदन माग गरेको उक्त सेयर सोमबार बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईसी एशिया कयापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा सेयर बाँडफाँट भएको छ ।
गोलाप्रथबाट बाँडफाँट हुँदा योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । १९ लाख ५३ हजार २७९ कित्ता सेयरमध्ये यसरी बाँडफाँट गरेर बाँकी रहेको ९ कित्ता सेयर भने सोही १० कित्ता भन्दा बढी सेयरका लागि आवेदन दिनेहरुलाई १ कित्ताका दरले गरी ९ जनालाई ११ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीले दैलेखको नौमुलेमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्