×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न

Artha Sarokar

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कागज व्यवसायी संघ नेपालको २२औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न साधारणसभाले कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

उक्त साधारणसभामा वर्तमान आर्थिक परिदृश्यको समीक्षाका साथै कागज व्यवसायका चुनौतीमाथि व्यापक छलफल भएको थियो । साधारणसभाले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौं झमेलाको सामना गर्नुपरेको निष्कर्ष निकाल्दै उक्त ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धिकर, भन्सार मूल्यांकन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।

पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरुप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय साधारण सभाले गरेको छ ।

उक्त सभाले मनोहरदास मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र काबरा, महासचिव दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी